चितवन, २१ पुस – उद्योग वाणिज्य संघ चितवनले शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ ‘एक व्यवसायी एक विद्यार्थी अभियान’ शुरु गरेको छ संघले गतवर्ष सम्पन्न भएको चितवन महोत्सवबाट बचत रकममध्ये रु दुई लाख ५० हजार अक्षयकोषमा राखेर अभियान शुरु गरेको हो संघका अध्यक्ष राजन गौतमले देशभरका जिल्ला, नगर उद्योग वाणिज्य संघ सक्रिय भएर लागेमा कोही शिक्षाबाट वञ्चित हुन नपर्ने बताए । अक्षयकोषमा सदस्यता नवीकरण हुँदा एक सदस्यको रु ५० का दरले रकम जम्मा गरिने उनले बताए उद्योग वाणिज्य संघ चितवनमा तीन हजार ३३४ जना सदस्य छन् । यसका अतिरिक्त संघका पदाधिकारी, सदस्य र कर्मचारीले पहिलो चरणमा कोषमा रकम सहयोग गर्ने बताएका छन् । बाह्य क्षेत्रबाट व्यवसायीलाई स्वेच्छिकरुपमा सहयोगका लागि आह्वान गरिएको अध्यक्ष गौतमले बताए । सदस्य संख्या जति नै बालबालिकालाई शिक्षामा सहयोग गर्न सकिने गरी अक्षयकोष बढाउँदै लगिने उनले बताए आउँदा महोत्सव र अन्य आर्थिक गतिविधिमा पनि सो कोषमा रकम थप्दै लगिने गौतमले बताए । कोषको ब्याजबाट गरिब तथा विपन्न परिवारका बालबालिकालाई शिक्षा दिन सहयोग गरिने उनले बताए । नेपालभरमा १०५ वटा जिल्ला, नगर संघ रहेका छन् संघको २०७२/७४ को कार्यसमितिको कार्यकाल यसै महिना सकिँदै छ । कार्यसमितिले चितवन महोत्सवलाई करमा दर्ता गरी रु १९ लाख ४४ हजार कर बुझाएको थियो । महोत्सवमा बचेको रकम यसअघिका वर्षमा संघले आफैँ राख्ने गरेकामा यस कार्यसमितिले विभिन्न सामाजिक, शैक्षिक, संघसंस्थालाई वितरण गरेको छ । संघ आन्तरिक राजश्व कार्यालय र उद्योग वाणिज्य महासंघबाट समेत पुरस्कृत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया