सरकारलाई सांसदको प्रश्न, ‘काठमाडौंका खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाम कि ?’

काठमाडौं । सांसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले साईकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेल संग कर असुली गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “खाली हात जाने कि भरि हात जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाऊ ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आह्वान गर्नुहुन्छ । जनता लाईनमा छन् जनताले टिकट पाएका छैनन भनेर जाम कि ? मेलम्चीको पानी बगेर काठमाण्डौंका खाल्डा खुल्डीमा पानी भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाम कि ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?