गौ हत्या प्रकरणबारे प्रहरीले जाहेरी लिन नमानेपछि गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नेपालगञ्ज उपमहानगरबाट लगिएका गाईको सुर्खेतमा मृत्यु भएको विषयमा प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्दै आपत्ति जनाएको छ । एसोसिएनका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै सुर्खेत घटनामा प्रहरीले जाहेरी लिन नमानेको प्रति आपत्ति जनाएका हुन् ।

एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरेर दोषी उपर प्रचलित कानून बमोजिम कारवाही र त्यसका लागि संलग्न पदाधिकारी एवं कर्मचारीलाई तत्काल निलम्बन गर्न ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

यसअघि १२ भदौमा नेपालगञ्जको कान्जी हाउसबाट करिब ३ सय ७० गाईगोरु र बाच्छाबाच्छीलाई ८ वटा ट्रकमा दैलेख लगिएकोमा सुर्खेतमा २३ वटा गाई मृत भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?