भक्तपुरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरको सूर्य विनायकबाट एक थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साह कानु रहेका छन् ।

भक्तपुरको सूर्य विनायक नगरपालिका–९ भातेढिकुरस्थित सडकमा सोमबार राति हिँडिरहेको समयमा शंका लागेपछि प्रहरीले उनलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा उनको साथबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

कानुलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?