प्रधानसेनापति थापाको सम्पत्ति विवरणः ५५ तोला सुन, कति छ सम्पत्ति ?

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो । आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उहाँले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गनु भएको हो । त्यस अवसरमा उहाँले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराउनु भयो ।

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ । त्यसैगरी दुई वटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतिको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । श्रीमति र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा पनि गर्नु भयो ।

प्रधानसेनापति थापाले सेनाका रथीवृन्द र अधिकृतहरुको सम्पत्तिको छानवीनको कामलाई पनि अघि बढाउने योजना अघि सार्नु भयो । उहाँले नेपाली सेनालाई बदनाम गराउने कुनै पनि काम आफूले गर्न नदिने चेतावनी पनि दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?