महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भीर रुपमा लागि परेको छः महिलामन्त्री थापा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भिरताका साथ लागि परेको दावी गर्नु भएको छ । मन्त्री थापाले महिला हिंसा बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरोकारवाला निकायलाई पनि आह्वान गर्नु भयो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महिला हिंसालाई नियन्त्रण गर्दै लैजान सरकारले चालू आर्थिक वर्षलाई महिला हिंसाविरुद्धको अभियान वर्ष घोषणा गर्नु परेको पनि स्मरण गराउनु भयो । मन्त्री थापाले महिला हिंसा न्यूनिकरणका लागि सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सबै जिल्लामा संचालन गरिरहेको पनि बताउनु भयो ।

मन्त्री थापाले महिलामाथि हिंसा हुन नदिन उनीहरुलाई आर्थिक–सामाजिक सशक्तिकरणको कार्यक्रमलाई पनि अघि बढाइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?