शैलुङ कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर हुन् शारदाप्रसाद अधिकारी । गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो। समयमा काम नगर्ने १०६ जना ठेकेदारमध्ये एक हुन् उनी।
शैलुङ निकै विवादित कम्पनी हो, जसले ठेक्काका धेरै काम पूरा गरेको छैन। अधिकारीको अर्को परिचय पनि छ(नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी। बारम्बार कालोसूचीमा पर्ने यस कम्पनीले नै बुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेक्का पाएको छ।
यो आयोजना एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँको हो । शैलुङले सबैभन्दा कम रकम कबोलेका कारण मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको मेलम्ची खानेपानी निर्देशनालयले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गत बुढानीलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सनलाई परेपछि यो सेटिङमा नै पारिएको भन्ने आशंका धेरैले गरेका छन् । केहिले सामाजिक सञ्जालमा आशंकासहित लेखेका छन्, संयोग हो की सेटिङ ?
बिना मगर खानेपानी मन्त्री हुनु र उनकै ससुराका घरबेटीले फेरिपनि यो ठेक्का पाएपछि धेरैले यसलाई सेटिङको रुपमा बुझेका छन् । शैलुङ त्यही कम्पनी हो जुन त्रिपुरेश्वर(कलंकी(नागढुंगा सडक सम्झौता भन्दा ४ वर्ष ढिला हुँदा पनि पूर्णता पाउन सकेको छैन ।
यस्तै २०६९ ७० मा सम्झौता भएको भक्तपुर-नगरकोट साढे १५ किलोमिटर कालोपत्रे सडक शैलुङले हालसम्म पूरा गरेका छैन । यो सडक शैलुङ र एक भारतीय कम्पनीले बनाउने ठेक्का पाएका थिए । यस्तो सूची धरै छ जुन उनकाे कम्पनीले ठेक्का पाएर अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया