एमाले अध्यक्ष ओली बैंकक जाँदै

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते बैंकक जाने भएका छन् । मृर्गौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार ढिला भइसकेका कारण आगामी पुस २६ गते जाने भएका हुन् तर, अध्यक्ष ओली पुस २६ देखि ३० सम्मका लागि बैंकक जाने तय भएको एमाले स्रोतले जनाएको छ ।चुनावकोबेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि सयममा स्वास्थ्य जाँच गराउन जान चाहेको स्रोतको दाबी छ । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द समेत गरेका छन् उनले बिहीबारको सर्वदलीय बैठकमा आफू नगएर एमाले नेता भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेललाई पठाएका थिए ओलीको स्वास्थ्यमा देखिएको अस्वस्थ्यकै कारण पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको समेत छलफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?