एनसेल काण्डमा फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउन माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एनसेल प्रकरणमा फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउन माग गरेको छ ।
भदौ १० गते सर्वोच्च अदालतले एनसेल कर असुलीबारे फैसला गरेपछि चौतर्फी विरोध हुँदै आएको थियो । सोहीबारे क्रान्तिकारीले पनि एनसेलले ७५ अर्ब भन्दा बढि कर छल्दा न्यायधीशले पनि खतरनाक फैसला गरेको ठहर गरेको हो ।
क्रान्तिकारीकाले विज्ञप्ति जारी गर्दै राष्ट्रघाती र जनघाती निर्णय गर्ने न्यायधिशहरुलाई महाअभियोग लगाउन माग गरेको हो ।
साथै उक्त निर्णय खारेज गरी अबिलम्व एनसेललाई करको दायरामा ल्याउन पनि माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?