नक्कली सुनलाई सक्कली भन्दै लाखौं ठगी गर्ने पक्राउ

काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भन्दै बिक्रि गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका संचालक विराटनगर महानगरपालिका–४ बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार छन् ।

स्वर्णकारले विभिन्न मितिमा, विभिन्न समस्या देखाएर नक्कली सुनका गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर व्यक्तिहरुलाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

स्वर्णकारले विभिन्न व्यक्तिहरुबाट करिब ८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्वर्णकारलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?