एजेन्सी । स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त हुनुभएको छ । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम हुनुहुन्थ्यो ।
अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो ।
नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गर्नुभयो । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताउनुभएको थियो ।
उहाँ पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया