काठमाडौं, २१ पुस– नेपाली कांग्रेसले प्रदेश नम्बर ३ बाट तामाङ समूदायका एकजनालाई पनि समानुपातिक सांसद नबनाएको भन्दै असन्तुष्टि देखिएको छ । पार्टी निकट तामाङ अगुवाहरुले पार्टीले प्रदेश नम्बर ३ बाट १४ सिट जितेको भएपनि एक जनालाई पनि नसमेटेको भन्दै असन्तुष्टि जनाएका हुन् । महिला कोटाबाट काठमाडौँ की राधा घलेलाई मनोनयन गरिएपनि, अन्य तामाङ समुदायको तर्फबाट प्रदेश संसदमा कांग्रेसबाट शुन्य सहभागिता रहेको छ प्रदेश समानुपातिक सांसदका बलिया दाबेदार नुवाकोटका प्रतापसिंह लामाले पार्टीले योग्यलाई भन्दापनि आफ्नोलाई समानुपातिकमा च्याप्दा तामाङ समूदायका एक जनापनि नपरेको बताए । उनले तीन नम्बर प्रदेशमा ११ लाख बढी तामाङ समूदायको बसोबास भएपनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले प्रतिनिधित्व नगराउनु दुःखद भएको लोकपथलाई प्रतिक्रिया दिए ‘पार्टीले पैसाको बलमा भनु या आफ्नो मान्छेलाई छान्दा भनौं, हामी जस्तो पार्टीका इमान्दार कार्यकर्ता छायाँमा परेका छौं’, उनले भने, ‘योग्यताको हिसावले समानुपातिक चयन गरिन्यो भने म एक नम्बरमा पर्थेँ।’उनले आफ्नो दाबी प्रदेशबाट प्रत्यक्षमा हुँदाहुँदै पनि समानुपातिक सांसद हुने गरि छाडेको तर अहिले आएर धोका भएको गुनासो गरे । अन्तिम सूचीमा को को राख्ने भन्ने विषयमा केन्द्रिय कार्यसम्पादन समितिमा समेत छलफल नगराई देउवाले मनोमानी रुपमा चयन गरेको आफुले जानकारी पाएको उनले बताए आफू प्रदेश सांसद हुन नसकेपनि तामाङ समूदायबाट कोहि न कोहि सांसद हुनुपथ्र्यो भन्दै लामाले यसो नहुँदा सो समूदायमै निराशा छाएको प्रतिक्रिया दिए । ‘भेटघाटका क्रममा साथीहरुले हाम्रो मान्छे कोहि चुनिदैन भने कांग्रेसलाई किन भोट हाल्ने भन्ने सम्मका प्रश्न गर्नुहुन्छ’,उनले भने, ‘यस्तो बेला नाजावाफ हुनुपर्ने अवस्था रहेको छ ।’ यद्यपी आफू जातियताको पछि लागेर हिँड्ने मान्छे नरहेको बताउँदै मात्र यतिधेरै जनसंख्यालाई वेवास्ता गरिएको भन्नेमात्रै आफ्नो भनाई रहेको उनले बताए उनीमात्रै नभई कांग्रेसभित्रका तामाङ समूदायका अगुवाहरुले पार्टीले कसैलाई नसमेटेको भन्दै असन्तुष्टि जनाएका छन् । समानुपातिकमा ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले भने तीन नम्बर प्रदेशबाट तामाङ समूदायलाई समेटेका छन् कांग्रेसले मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घलेजीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा र कल्पना नेपाली लाई तीन नम्बर प्रदेशबाट सांसद बनाएको छ । तामाङ समूदायबाट पार्टीमा महत्वपूर्ण योगदान दिनेहरु धेरै भएपनि अहिले सांसद छानिएका १४ जनामध्ये केहि त पार्टीमा कुनै योगदान नदिनेहरु समेत रहेको बताइन्छ । यसैतर्फ संकेत गर्दै प्रतापसिंह लामा भन्छन्, ‘०४६ सालमा पञ्चायत ढाल्न भएको आन्दोलनदेखि अहिलेसम्म कांग्रेसमा सक्रिय छु, तर अहिले सांसद बनेका केहिको बारे त सुनेको पनि थिइनँ ।’कांग्रेसले निर्वाचन आयोगमा बन्द सूची बुझाउने क्रममा दर्जनौं तामाङ समूदायका नेताहरुको नाम बुझाएको थियो । तर अन्तिम सूची बुझाउने क्रममा तामांग नअटाएका हुन् केन्द्रीय तथ्यांक विभागका अनुसार प्रदेश ३ मा सबैभन्दा धेरै तामाङ जाति रहेका छन्पछिल्लो राष्ट्रिय जनगणनाअनुसार तीन नम्बर प्रदेशमा रहेको ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्यामध्ये २० दशमलव ४२ प्रतिशत अर्थात ११ लाख, २९ हजार ११५ तामाङ रहेका छन् । त्यसपछिमात्रै बाहुन, क्षेत्री,नेवार, मगरलगायतका जाती रहेका छन् तथ्यांक अनुसार ३ नम्बर प्रदेशमा दोस्रोमा पहाडी बाहुन १८ दशमलव २८ प्रतिशत, तेस्रोमा क्षेत्री १७ दशमलव २८ र चौथोमा नेवार १६ दशमलव ९२ रहेका छन्त्यसपछि मगर ४ दशमलव ८९, कामी २ दशमलव ५, गुरुङ २ दशमलव २५, थारू १ दशमलव ६६, राई १ दशमलव ५३ र दमाई १ दशमलव ३५ छन्कांग्रेसले तामाङलाई नसमेटिकनै ३ नम्बर प्रदेशको सांसदको अन्तिम सूची बुझाइसकेको अवस्थामा आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सरोकारवालाले नेतृत्वलाई सचेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया