चट्टयांग सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले दशैभर मौसममा बदली रही पूर्वी तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही मेघ गर्जन–चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन–चट्यांङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भू(भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?