काठमाडौं– फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकीलको कार्यालयमा बुझाएको थियो ।
ब्यूरोले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रीय कारागारमा रहेका समिरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया