कंगोमा रेल दुर्घटनामा परी ५० जनाको ज्यान गयो, २३ बढी घाइते


एजेन्सी – कंगोमा बिहीबार भएको रेल दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् ।
गत मार्चमा भएको दुर्घटनामा परी २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए । कङ्गोमा रेल मार्गको अवस्था कमजोर भएका कारण रेल यात्रा असुरक्षित मानिन्छ ।

बिहीबार ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना हुँदा ठूलो क्षति भएको हो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?