‘सर्वाधिक गोलकर्ता अवार्ड’ सावित्राको पोल्टामा

काठमाडौं । नेपालकी स्टारु स्ट्राइकर सावित्रा भण्डारी किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

प्रतियोगितामा नेपाललाई उपविजेता बनेको थियो । सावित्राले बिहिबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग २ गोल गरिन् । तर, नेपाल फाइनलमा ३-२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको थियो ।

सावित्राले घरेलु टिम किर्गीस्तानविरुद्ध ४ र ताजकिस्तानविरुद्ध एक गोल गरेकी थिइन् ।

यो प्रतियोगितामा ७ गोल गरेसँगै सावित्राले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेकी छिन् । सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानमा बराबरी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?