जाजरकोटमा हेलिकप्टरबाट गरियो सुत्केरीको उद्धार

काठमाडौं । तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका -८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारकोे उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?