मास प्रिन्टरले बुधबारबाट लाइसेन्स छाप्ने , दैनिक ९ हजार लाइसेन्स छाप्ने विभागको तयारी

काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रिन्ट गर्ने मास प्रिन्टरले आगामी बुधवारबाट लाइसेन्स छाप्ने काम शुरु गर्ने भएको छ ।
मास प्रिन्टर खरिद भइसकेको तर डिजिटल कार्ड आइनसेकाले छपाइ शुरु गर्न नसकेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

विभागमा करिब ६० हजार स्मार्ट कार्ड पुरानो मेसिनबाट छपाइ भइरहेको र नयाँ कार्ड उपलब्ध भएपछि मात्र मास प्रिन्टरले छाप्ने विभागले जनाएको छ ।
उक्त मेसिनबाट एक घण्टामा ५ सय लाइसेन्स छाप्न सकिनेछ ।

साथै दैनिक ३ सिफ्ट गरेको १८ घण्टा लाइसेन्स छाप्ने योजना भैरहेको र ३ महिनामा सबै छाप्न बाँकी लाइसेन्स छापी सकाउने समेत महानिर्देशक हमालले जानकारी दिनुभयो ।
मास प्रिन्टर आउन ढिला भएकाले करिब ६ लाख ५० हजार सवारी चालक रसिदकै आधारमा सवारी चलाउन बाध्य रहेका छन ।

साथै मास प्रिन्टर आएपछि दैनिक ९ हजार लाइसेन्स प्रिन्ट गर्न सकिने समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?