काठमाडौं – मानवअधिकार र स्वतन्त्रता कायम गर्न माग गर्दै पाकिस्तानको बलोचिस्तान प्रान्तमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् (यूएनएचआरसी) अगाडी प्रदर्शन गरिएको छ । पाकिस्तानको हस्तक्षेप रोकिनुपर्ने माग गर्दै भएको प्रर्दशनको आयोजना बलोच मानवअधिकार काउन्सिलले गरेको हो । गैरन्यायिक हत्या, अपहरण तथा मानव अधिकार उल्लंघनका घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै काउन्सिलले आवाज उठाउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४२ औँ बैठकअघि भएको यो प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काउन्सिलले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि ठूलो टेन्टभित्र बलोचिस्तानमा भएको मानवअधिकार उल्लंघनबारे वृत्तचित्र समेत प्रदर्शन गर्ने भएको छ ।
साथै मानवअधिकार उल्लंघनका घटनाबारे पनि छलफल गरिने बुझिएको छ ।
बलोचिस्तानमा बस्दै आएका नागरिकहरुले स्वतन्त्रताको माग गर्दै १९४८ देखि नै प्रदर्शन गर्दै आइरहेका छन् ।_ एजेन्सीको सहयोगमा/तस्वीर : गूगल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया