नागरिकता सम्बन्धी विधेयकमा कांग्रेसको लिखित असहमति

काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो । समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसंग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ बर्ष राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाउनुभएको थियो । कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएको छ ।

नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्र प्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, डाक्टर लिा संग्रौला र विनोद कुमार चौधरीको नाम भएपनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर छ । सत्तापक्षका समिति सदस्यहरु नवराज सिलवाल, झपट वहादुर रावल लगायतले प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए ।

बैठक केही बेरका लागि स्थगित गरिएको छ । समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?