प्रिमियर लिगमा आज ७ खेल : ठुला क्लबको प्रतिद्वन्द्वी कस्तो ? (तालिकासहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शनिबार सात खेल हुँदैछन् । आजदेखि पाँचौ चरणका खेलहरु सुरु हुन लागेका हुन् । आज हुने खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, चेल्सीजस्ता बलिया टोली प्रतिस्पर्धामा उत्रँदैछन् ।

सबै क्लबले ४–४ खेल खेलिसक्दा अहिलेसम्मको अंकतालिका अनुसार लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा छ भने १० अंक भएको सिटी दोस्रो स्थानमा रहँदा लेस्टर सिटी ८ अंकसहित तेस्रो स्थानमा छ ।

आज (शनिबार) हुने खेलहरुको समय तालिका (नेपाली समयअनुसार):

१. लिभरपुल र न्युक्याश्चल युनाइटेडः साँझ सवा ५ बजे

२. म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीः राति पौने ८ बजे

३. सेफफिल्ड युनाइटेड र साउथअ्याम्पटनः राति पौने ८ बजे

४. टोटनह्याम र क्रिस्टल प्यालेसः राति पौने ८ बजे

५. उल्भरह्याम्टन र चेल्सीः राति पौने ८ बजे

६. ब्राइटन र बर्नलीः राति पौने ८ बजे

७. नरविच सिटी र म्यानचेस्टर सिटीः राति सवा १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?