सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर नलगिने

सोलुखुम्बु, २२ पुस । प्रदेशसभा (ख) का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिएका छन् बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलुखुम्बुलाई उज्यालो नबनाई बाहिर विद्युत् निर्यात गर्छु भन्ने सपना नदेख्न निर्माणाधीन विद्युत् कम्पनीलाई चेतावनी दिए । जलस्रोतको धनी सोलुखुम्बुमा विभिन्न कम्पनीमार्फत विद्युत् उत्पादन हुँदैछ च्याल्सा विद्युत्को मुनाफा ९.७ प्रतिशत कमसल्लेरी च्याल्सा विद्युत् कंले आव २०७३-७४ मा अघिल्लो आवको तुलनामा ९.७ प्रतिशतले आफ्नो खुद नाफामा कमी आएको प्रतिवेदन सार्वजनिक गरेको छ । आव २०७२-७३ मा रु एक करोड १८ लाख आठ हजार २६५ खुद नाफा कमाउन सफल भएकामा आव ०७३-७४ मा रु ९१ लाख ९७ हजार ७०५ खुद नाफा भएको छ आव २०७२-७३ मा नाजिङ र तोजिङ विद्युत् उपभोक्तालाई विद्युत् वितरण प्रणालीको काम गर्दा मुनाफामा कमी आएको कम्पनीका निवर्तमान कावा अध्यक्ष आङ्दामी शेर्पाले बताए कम्पनीको नयाँ योजनाकम्पनीले निकट भविष्यमै एसएमएसमार्फत विद्युत् महसुलको जानकारी दिइने तथा अनलाइन पेमेन्टमार्फत विद्युत् महसुल भुक्तानी गर्न शुरुआत गर्ने आगामी वर्षको योजना रहेको जनाएको छ । छ सय ३३ किलोवाट क्षमताको कम्पनीको अहिले एक हजार ९०० घरधुरीले विद्युत् उपभोग गरिरहेका छन् । दैनिक एक घण्टा विद्युत्भार कटौती खेप्नुपरे पनि कम्पनीको सेवाप्रति सेवाग्राही सन्तुष्ट रहेको सेवाग्राही लक्ष्मण श्रेष्ठले बताए अध्यक्षमा डा शेर्पाच्याल्सा विद्युत् कम्पनीको नयाँ सञ्चालक समितिका अध्यक्षमा डा मिङ्मार ग्याल्जेन शेर्पा सर्वसहमतिले चयन हुनुभएको छ । साधारणसभाको बन्दसत्रले सञ्चालक समिति सदस्यमा आङ्दामी शेर्पा र दोर्जी शेर्पालाई चयन गरेको छ । अन्य सञ्चालक समिति सदस्य भने नेपाल विद्युत् प्राधिकरणबाट मनोनयन गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?