स्टार्टअप बिजनेसलाई स्पष्ट रुपमा परिभाषित गर्दै मान्यता दिन सरकारसँग माग

काठमाडौं । स्टार्टअप बिजनेसलाई सरकारले बुझ्न नसकको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उद्यमीका लागि सरकारी नीति र स्टार्टअपका विषयमा राजधानीमा भएको अन्तक्रियामा सरोकारवालाहरुले हालसम्म सरकारले स्टार्टअप बिजनेसलाई स्पष्ट रुपमा परिभाषित नगरेकोप्रति चिन्ता व्यक्तल गरेका हुन् ।

एप डेभपलरले उद्यमका रूपमा स्टार्टअप बिजनेसलाई स्पष्ट रुपमा परिभाषित गर्दै मान्यता दिन सरकारसँग माग गरका छन् ।

डेमोक्रेटिक लिडरसिप फोरमले गरेको कार्यक्रममा उत्पादनमूलक क्षेत्रलाई मात्रै रोजगारी सिर्जना गर्ने क्षेत्र नठान्न सरकारसँग आग्रह गरिएको छ ।

इन्नोभेसनका माध्यमबाट युवापुस्तालाई रोजगारीका लागि आकर्षित गर्न सकिने उनीहरुको निचोड थियो।कांग्रेस नेता प्रदीप पौडेलले नीति बनाउने तहमा बस्नेहरुले आइटीको क्षेत्रमा अनभिज्ञ भएकाले स्टार्टअपको परिभाषित हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति बनेन भनि सिर्जना मर्न दिनु हुँदैन। सिर्जना भएपछि नीति बन्ने अवस्था आउँछ ।’

विशेष औद्योगिक क्षेत्रमा आइटीको क्षेत्रलाई पनि समावेश गर्न सरोकारवालाहरुको माग छ । नयाँ पुस्तालाइ अनुसन्धानको क्षेत्रमा नलगाएको तथा खर्चको व्यवस्था नगरेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
पठाओका रिजनल निर्देशक असीममान बस्नेतले हजारौंलाई रोजगारी सिर्जना गरेको जनाउँदै पठाओले प्रारम्भिक चरणमा पाएको हैरानी सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘स्टार्ट अप सुरु गर्न बंगलादेशबाट लगानी भित्र्याउने क्रममा अनेक दुःख ब्यहोरेँ ।’

अनलाई पेमेन्ट ‘खल्ती’का प्रबन्धक मनिष मोदीले ९५ प्रतिशत स्टार्ट अप बिजनेस सरकारको असहयोगमा बन्द हुने गरेको बताउनुभयो । उहाँले सरकारले कर प्राप्त गर्ने काममा मात्र नलागी त्यसका लागि लगानीमैत्री वातावरण बनाइदिन आग्रह गर्नुभयो । साथै, उहाँले स्टार्टअपलाई वैदेशिक लगानी भित्र्याउन पनि सहजीकरण गरिदिन आग्रह गर्नुभयो । ‘सिड मनी’ वा सरकारी सहयोग भए स्टार्टअप कम्पनीले अल्पायुमै मर्न नपर्ने उहाँको भनाई छ ।

कृषि क्षेत्रमा इन्नोभेसनमार्फत् सक्रिय आरु एन्डी डि इनोभेसनकी प्रमुख सुनीता न्हेमाफुकीले कृषि क्षेत्रलाई उद्यमका रूपमा विकास नगरिएको प्रति आपत्ति जनाउनभयो । उहाँले भन्नुभयो, ‘पेशा कृषि हो भन्छौं। जानेको छौं भन्छौं। तर, जानेकै हुँदैनौं ।’ कृषि पेशा भन्दै हेप्ने प्रवृत्ति भएकाले व्यवसायमुखी कृषि क्षेत्र नभएको उहाँको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?