सबै नेपाली एकजुट भए देशको विकास द्रुत गतिमा हुन्छ : प्रवक्ता पोखरेल

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता (डिआइजी) विश्वराज पोखरेलले सबै नेपाली एकजुट भए देशको विकास द्रुत गतिमा गर्न सकिने बताउनुभएको छ । एक तालिमका लागि अमेरिका पुग्नुभएका प्रहरी प्रवक्ता पोखरेलले त्यहाँ रहेका युवाहरुलाई नेपाल फर्केर देशको विकासमा हातेमालो गर्न प्रेरित गर्नुभएको हो । नेपाली समुदायले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले अमेरिकामा रहेको युवाहरुले आवश्यक सीप सिकेर नेपालमा गएर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय देशप्रति युवाहरुमा नकरात्मक भावन बढ्दै गएको उल्लेख गर्दै उहाँले सकारात्कम सोचले मात्र विकास सम्भव हुने बताउनुभयो ।

कायक्रममा उहाँले नेपालको द्रुत विकासका लागि सबै युवा जमात एक हुनुपर्नेमा जोड दिनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, उद्योग तथा कलकारखानामा नेपालले विकास गरिरहेको उल्लेख गर्दै उहाँले सबै नेपाली एकजुट भए चाँडै समृद्ध मुलुकका वासिन्दा बन्ने बताउनुभयो । स्थिर सरकार आएपछि विस्तारै विकासले फड्को मार्ने उहाँको विश्वास छ ।

फरक प्रसंगमा उहाँले नेपाल प्रहरीबाट जनताले उच्च आकांक्षा राखेको र त्यो पूरा गर्न आफू लागिपरेको बताउनुभयो ।

 भिडियाे हेर्नुहाेसः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?