तरुण दलमा चर्काे विवाद : महासचिव शाही सदस्य पनि नरहने गरी कारबाहीमा

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीलाई सदस्य पनि नरहने गरी कारबाही गरिएको छ । तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले महासचिव शाहीलाई नेपाल तरुण दलको सदस्य समेत नरहनेगरी पदबाट हटाउनुभएको हो ।

पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय तरुण दलमा अध्यक्ष र महासचिवबीच विवाद हुँदै आएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?