बालबालिकामाथि हुने हिंसा सैह्य छैन : प्रधानमन्त्री

appharu
0
Shares

काठमाडौं – यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइँदैछ । राष्ट्रिय बाल दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलले देशभित्र धेरै बालबालिका अभिभावकविहीन रहेकाले तिनको अभिभावकत्व राज्यले लिने बताउनुभएको छ ।  प्रधानमन्त्रीले शुभकामना सन्देशमा बालबालिकामाथि हुने हिंसा सैह्य नहुने बताउनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको छ । ‘

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई ०४७ भदौ २९ मा अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?