काठमाडौं – शनिबार नेपालगञ्ज विमानस्थलबाट बाहिरिएको भिडियोले अहिले सबैको ध्यान तानेको छ ।
पर्यटनमन्त्री योगेश कुमार भट्टराई माथि नेपालगञ्जमा विमान भित्र केही व्यक्तिहरुले दुव्र्यवहार गरेको विषय अहिले चर्चामा रहेको छ । सामाजिक सञ्जालमा यसै विषयलाई लिएर मत अभिमतहरु ओइरो लागेका छन् ।
नेकपा समर्थक, पर्यटनमन्त्रीबाट आशा गरेका यूवाहरुले उहाँबाट धेरै अपेक्षा गरेको भन्दै यो विषय त्यति गम्भिर नभएको र सार्वजनिक स्थालनमा हुलहुज्जत गर्ने, अपमान गर्ने काम ठिक नभएको धारणाहरु राखेका छन् । नागरिकलाई घण्टौं कुराएर मन्त्रीले मपाईत्व देखाउने खोजेकोले यो ठिक नभएको सर्वसाधारणको तर्क छ ।
यो पनि : पर्यटनमन्त्री योगेश भट्टराई निर्माणाधिन विमानस्थलमा, ‘डेडलाईन’ सम्झाउँदै यस्तो निर्देशन
पर्यटनमन्त्रीका कारण ढिला भएको भन्दै हातपातसम्म गर्न खोजेपछि सत्तारुढ नेकपाको भातृ संगठन पनि बोलेको छ । यस विषयमा आएका केही मिश्रीत प्रतिक्रियाहरु यस्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया