मानवअधिकार उल्लंघनको आरोपमा चार जनरलमाथि प्रतिबन्ध

वासिंगटन, २२ पुस । मानव अधिकार उल्लंघन तथा भ्रष्टाचारको आरोपमा अमेरिकाले भेनेजुएलाका चारजना बहालवाला र अवकाश प्राप्त जनरलमाथि प्रतिबन्ध लगाएको अधिकारीहरुले बताएका छन् अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएकाहरूमा खाद्यपदार्थ वितरण सञ्जालका पूर्व प्रमुख पनि छन् । उनीमाथि खाद्यपदार्थ तस्करी गरेको आरोप लगाइएको छ प्रतिबन्ध लगाइएको चारै जनाको सम्पत्ति रोक्का गरिएको छ भने उनीहरूसँग काम गर्न अमेरिकी उद्योग(व्यवसायलाई प्रतिबन्ध लगाइएको छ यो सँगै हालसम्म राष्ट्रपति निकोलास मादुरोसहित ४४ जनामाथि अमेरिकाले प्रतिबन्ध लगाइसकेको छ भेनेजुएलाका विदेशमन्त्री खोर्खे अर्यासाले साम्राज्यवादी र युद्ध चिताउने अमेरिकी सरकारका फौजहरूसामु आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?