नर्सिङ काउन्सिलको निर्वाचन सम्पन्न, ३ जना सदस्य निर्वाचित

appharu
0
Shares

काठमाडौँ । नेपाल नर्सिङ परिषद्को बोर्ड सदस्यको लागि ईतिहासमै पहिलोपल्ट भएको निर्वाचनमा ३ जना सदस्य निर्वाचित हुनुभएको छ । डा तारा शाह, कृष्णकुमारी पौडेल र जिता बराल निर्वाचित हुनुभएको हो । जसमध्ये शाहले १हजार ४ सय ९१, पौडेलले १ हजार २ सय ९९ र बरालले १२ हजार १६ मत प्राप्त गर्नुभएको थियो ।
तीन पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । १४ मतदान केन्द्र धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा तोकिएको थियो । सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको थियो ।

नर्सिङ काउन्सिलको इतिहासमा पहिलो पटक बोर्ड सदस्यको लागि चिर्वाचन भएको हो । करिब १३ हजार मतदाता रहेको काउन्सिलमा २५ प्रतिशत मात्रै मत खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?