कांग्रेस बाँके सभापति कोइरालामाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी, अनुसन्धान भइरहेको प्रहरीको भनाई

appharu
0
Shares

काठमाडौं – नेपाली कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्नेविरुद्ध परिवारले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको छ ।

गत बिहीबार नेकपा कार्यकर्ताको आक्रमणबाट कोइरालाको हात भाँचिएपछि परिवारले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्लसहितविरुद्ध
किटानी जाहेरी दिएका हुन् ।

परिवारको जाहेरीको आधारमा प्रहरीले खजुरा गाउँपालिका १ का रोशन सिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंह खत्रीलाई नियन्त्रणमा लिएको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं। २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए । घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका नेपाली कांग्रेसले जनाएको छ । घटनामा संलग्न केहि पक्राउ परिसकेका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवकुमार सिंहले बताउनुभयो ।

यसैबिच नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाउँदै यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?