इन्द्रजात्रामा पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा संयुक्तको माग

काठमाडौं । राप्रपा संयुक्तले इन्द्रजात्राको अवसरमा बसन्तपुरमा विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेको छ । राप्रपा संयुक्तका प्रवक्ता रविन चाम्लिङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकार प्रयाग गर्ने क्रममा समातिएका व्यक्तिहरुलाई रिहा गर्न माग गर्नुभएको हो ।

उहाँले विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको आरोप समेत लगाउनुभएको छ ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पुग्नेबेला हुलहुज्जत गर्न खोजेको भन्दै प्रहरीले पूर्व डीआइजी र नेपाली सेनाका पूर्व मेजरसहित दर्जनौ व्यक्तिलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?