मलेसिया रोजगारी : आजदेखि श्रम स्वीकृति दिन थालियो, शून्य लागतमा जान पाइने

काठमाडौं । सरकारले मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । नेपाल र मलेसियाको मश्रम न्त्रालयका सह–सचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको हो ।

अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरले अबदेखि कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने जानकारी दिनुभयो ।

मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?