ट्रम्प निकटस्थहरुकै निश्कर्ष, ‘उनी राष्ट्रपतिका लागि सक्षम र उपयुक्त छैनन् ’

वासिंगटन, २२ पुस । राष्ट्रपति ट्रम्पसम्बन्धी एउटा विवादास्पद पुस्तकका लेखक माइकल वुल्फले उनी केटाकेटी जस्तो भएको र आफ्नो पुस्तक ‘फायर एण्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’ मा उल्लेखित सबै विषय सही भएको दावी गरेका छन् शुक्रबार प्रकाशित सो विवादास्पद पुस्तकका लेखक वुल्फले ७१ वर्षीय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प केटाकेटी जस्तो आफुले भनेको कुरा तत्काल पुरा गरिनुपर्ने बानी भएको बताए अमेरिकी टेलिभिजन नेटवर्क एनबीसी न्युजसँग कुरा गर्दै उनले ट्रम्पसँग आफूले तीन घन्टा कुराकानी गरेको भएपनि पुस्तकमा छाप्ने भनेर कुराकानी नगरेको बताए हालै उनको पुस्तकलाई उदृत गर्दै न्युयोर्क टाइम्सले ‘अमेरिकी राष्ट्रपति बन्न चाँहदैन थिए ट्रम्प’ शीर्षकमा रिपोर्ट छापिएपछि ट्रम्प आक्रोशित भएका छन् भने यसले चर्चा र विवाद दुवै सिर्जना गरेको छ उनको प्रशासनका बारेमा लेखिएको सो पुस्तक पहिलो पटक हात पार्न ग्राहकहरु राजधानी वासिङगटनमा बिहीबार मध्यरातसम्म लाइनमा बसेका थिए । कानूनी कारवाहीको धम्कीको बेवास्ता गर्दै प्रकाशकले ‘फायर एण्ड फ्युरी’ पुस्तक पूर्वनिर्धारित मितिभन्दा चार दिन अघि नै बजारमा ल्याएका छन् राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनबारे लेखिएको यो पुस्तकलाई ‘झुटले भरिएको’ भन्दै खारेज गरेका छन् । लेखक वुल्फलाई आफूले कहिल्यै ह्वाइट हाउसमा प्रवेश नदिएको ट्रम्पको दाबी छ । लेखक माइकल वुल्फले भने आफुले ट्रम्पसँग तीन घन्टा कुरा गरेको दावी गरेका छन् स्थानीय समय अनुसार शुक्रबार बिहान एउटा टेलिभिजन अन्तर्वार्तामा लेखक वुल्फले आफू त्यहाँ नआओस् भन्ने राष्ट्रपति ट्रम्पले चाहेको भए किन महिनौंसम्म उनले आफूलाई पहुँच दिए भनी प्रश्न गरे उनले आफूसँग ह्वाइट हाउसमा भएका संवादको रिकर्डिङ र नोट समेत रहेको बताए । उनले आफ्नो दावी दोहर्याउँदै भने, ‘जो राष्ट्रपति ट्रम्पको आसपास छन् उनीहरु सबै समयक्रमसँगै एउटा निष्कर्षमा पुगेका छन् कि उनी राष्ट्रपति पदका लागि उपयुक्त छैनन् ।’जो राष्ट्रपति ट्रम्पको आसपास छन् उनीहरु सबै समयक्रमसँगै एउटा निष्कर्षमा पुगेका छन् कि उनी राष्ट्रपति पदका लागि उपयुक्त छैनन् माइकल वुल्फको ‘फायर एण्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’ नामक पुस्तकको प्रकाशन ह्वाइट हाउसका वकिलहरूले रोक्ने प्रयास गरेपछि पूर्वनिर्धारित मितिभन्दा ४ दिन अगाडि शुक्रबार प्रकाशित भएको हो संचारमाध्यममा प्रकाशित पुस्तकांशमा राष्ट्रपति ट्रम्पलाई ‘मानसिक रूपमा असन्तुलित र असक्षम’ भनेर चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?