‘वर्तमान राजनीतिक दलबाटै लोकतन्त्रमाथि चुनौती’

काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुले वर्तमान सरकारको शासन प्रक्रियाबाट लोकतन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् । १०६ औं विपि जयन्तीका अवसरमा राजधानीमा आयोजित ‘लोकतन्त्रका चुनौती’ विषयक विचार गोष्ठीमा सहभागीहरुले सरकारले सुशासन कायम गर्न नसके खतरा स्वतः आउने बताएका हुन् ।

गान्धी अध्ययन तथा शान्ति केन्द्र र समता अध्ययन केन्द्रले गरेको कार्यक्रममा लोकतान्त्रिक शक्ति एक स्थानमा नभए लोकतन्त्र गुम्ने चिन्ता बढेको बताए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले ५० करोड भन्दा माथिका परियोजनाहरुमा सत्ता पक्ष वा प्रतिपक्ष शीर्ष नेताको गठजोड हुने गरेको ठोकुवा गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस र एमाले विगतमा लोकतन्त्रीक प्रक्रियामा सँगसँगै हुन नसक्दा अवसरहरु गुमेको बताउनुयो । ‘२०४७ सालको संविधान अकालमै मृत्यु भएको हो । त्यसै संविधानलाई सुधार गर्न कांग्रेस एमालेहरुले पहल गरेको भए अल्पायुमै संविधान मर्ने थिएन ।’ उहाँले भन्नुयो ।

पछिल्लो समय सत्तारुढ दलमा दम्भ बढेको र कांग्रेसको संकिर्णता बढेकाले लोकतन्त्र खतारमा रहेको जिकिर गर्नुभयो ।

कांग्रेस नेता प्रदीप गिरीले राजकाजको केन्द्रमा भएका व्यक्तिहरुबाट नै लोकतन्त्रमा खतरा भएको अभिव्यक्ति आएपछि पत्याउनुपर्ने भएको बताउनुभयो । लोकतन्त्र आएपनि जनताले त्यसको फल प्राप्त गर्न नसकेको उहाँको बुझाई छ । उहाँले निराशा बढे जनतालाई सडकमा आउन कसैले रोक्न नसक्ने चेतावनी दिनुभयो ।

राजनीतिक विश्लेषक तथा पूर्व राजदुत डा. लोकराज बरालले लोकतन्त्रमाथि खतरा शासक बाट हुने बताउनुभयो । वर्तमान सरकारले आमनागरिकका न्युनतम अपेक्षा पनि पुरा गर्न नसकको ठोकुवा गर्दै उहाँले लोकतन्त्रमा खतरा देखेर सर्वदलिय बैठक बोलाउनु सरकार आफ्नै असक्षमताले भएको टिप्पण्ी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?