काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपालजित वा कम्तिमा बराबरीको नतिजा निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो ।
सन् २०२० मा आयोजना हुने च्याम्पियनसिप अन्तर्गत छनोटको समूह ए मा रहेको नेपाल अंकविहिन रहदै पुछारमा रहेको छ । यस समूहमा जोर्डन शीर्ष, कुवेत दोस्रो, ताजकिस्तान तेस्रो र श्रीलंका चौंथो स्थानमा रहेका छन् ।
नेपालले असोज ३ गते ताजकिस्तान र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया