आर्मी र पुलिस क्लब भिड्दै, के होला नतिजा ?

काठमाडौं । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिको पहिलो संस्करणकोलागि आज पुलिस क्लब र आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा जारी प्रतियोगिता पुलिसले एपीएफ र आर्मीले गण्डकीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
खेल दिउँसो १ बजेपछि सुरु हुनेछ ।

फाइनल अघि तेस्रो स्थानका लागि खेल हुनेछ । गण्डकी र एपीएफले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।

प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ ।

यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?