ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा !

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको भद्र व्यवहार र पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शाहीलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी दिएको हो । प्रहरीले उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

यो पढ्न छुटाउनुभयो कि ?

नेपालगञ्ज विमानस्थलमा भएको गालिगलौज : मन्त्री योगेश भट्टराईको फेसबुक स्टाटस यस्तो

शाहीलगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।

यो पढ्न छुटाउनुभयो कि ?

नेपालगञ्ज विमानभित्रको लफडा : मन्त्रीलाई सच्चिन अनुरोधदेखि ज्ञानेन्द्रलाई भाडाको मतियारसम्म १ सामाजिक सञ्जालमा जे देखियो…

मन्त्री योगेश भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका थिए र त्यसप्रति माफी पनि मागेका थिए । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?