आगामी दिनमा अभद्र व्यवहार नगर्ने सर्तमा ज्ञानेन्द्र शाही हिरासतमुक्त

काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले हिजो आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो ।

शाहीलाई आगामी दिनमा अभद्र व्यवहार नगर्ने सर्तमा हिरासतमुक्त गरिएको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।

गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै शाहीलगायतका युवाले विमानभित्रै मन्त्रीलाई गालीगलौज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?