मोदी र ट्रम्प फेरि भेट्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरी भेटघाट हुने भएको छ । अमेरिकाको टेक्ससमा सेप्टेम्बर २२ मा भेट हुने भेटको नाम ‘हाउडी मोदी’ राखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । हाउडी अमेरिकामा प्रचलित एक मित्रवत अभिवादन हो ।

व्हाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘‘यसले दुवै देशका जनताबीच सम्बन्ध बढाउनुका साथै विश्वको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो लोकतन्त्रको बीचमा रणनीतिक सहयोगको बढाउन र उर्जा तथा व्यापारिक सम्बन्धको मजबुत गर्नलाई विचार गर्ने अवसर उपलब्ध हुनेछ ।’’
ह्युस्टनको एनआरजी स्टेडियमा हुने कार्यक्रममा ५० हजार भारतीय र अमेरिकी नागरिक सामेल हुने जनाइएको छ । केही साता अघिमात्रै पनि मोदी र ट्रम्वबीच भेटघाट भएको थियो ।_एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?