राक्सिराङ गाउँपालिकाले डेंगु भएकाहरुलाई ३ हजार रुपियाँ उपचार खर्च दिने

काठमाडौं – हेटौडाको राक्सिराङ गाउँपालिकाले डेंगु लागेका विरामीलाई यातायात र खाना खर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ ।

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १र१ स्वास्थ्यचौकीहरु रहेका छन् ।

स्वास्थ्यचौकीहरुमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै गाउँपालिकाले चेकअप र खाना यातायातको लागि यो शुल्क छुट्याएको हो ।

डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३० ३० थान डेंगु परिक्षण किट पठाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?