एजेन्सी । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ ।
संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताउनुभयो ।
इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भन्नुभयो– हामीले वार्ताको कुनै योजना पनि बनाएका छैनौं, र मेरो विचारमा न्यूयोर्कमा भेटघाट हुने कुनै सम्भावना छैन ।
केहीअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिसँग न्यूयोर्कमा भेटवार्ता हुनसक्ने बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया