संविधान दिवसको दिन दिपावली र कालो दिवस दुबै बहिस्कार गर्ने समाजवादी पार्टीको निर्णय

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन दिपावली र कालो दिवस दुबै बहिस्कार गर्ने भएको छ । सरकारले ३ असोजलाई भब्य रुपमा मनाउने तयारी गरिरहेका बेला सत्तारुढ दल समावादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको हो । पार्टीले संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा पनि नमनाउने जनाएको छ ।

सरकारले असोज ३ गते नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको छ । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?