बाँके घटनाको विरोधमा कांग्रेस पर्साद्वारा चक्काजाम, दोषीलाई कारवाही गर्न माग

पर्सा । बाँकेमा भएको घटनाको विरोध गर्दै नेपाली काँग्रेसले बिरगञ्जमा चक्काजाम गरेको छ । पर्सा कांग्रेसले आज सोमबार दोषीलाई कारवाही गर्न माग गर्दै चक्काजाम गरेको हो ।

कांग्रेसले घटनाको बिरोध गर्दै बिरगञ्जको घण्टाघर चोकमा १५ मिनेट आवत जावत बन्द गरि चक्काजाम गरेको थियो । चक्काजामपछि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईमार्फत गृहमन्त्री रामबहादुर थापालाई त्रापन पत्र समेत बुझाइएको थियो ।

चक्काजाम तथा ज्ञापन पत्र बुझाउने टोलीमा काँग्रेसका केंद्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्व सांसद अनिल रुन्गटा, प्रदेश सभा सदस्यहरू राजेश्वर साह तेली, ओम प्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाकी उप–मेयर शान्ती कार्की नेपाल विद्यार्थी संघका जिल्ला सभापति विश्वाश रन्जन द्विवेदि लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

गत भदौ २४ गतेदेखि शुरु भएको हिमाल, पहाड, तराई मधेस जन जागरण अभियानको क्रममा बाँकेको खजुरा गाउपालिकाको सितापुरमा काँग्रेसका नेताहरुमाथि भएको आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?