रवि लामिछाने र अंगुर जिसीविरुद्ध उच्च अदालतमा पुनरावेदन

कञ्चनपुर । सञ्चारकर्मी रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा पुनरावेदन दर्ता भएको छ ।

जिल्ला अदालत कञ्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि दिलिप सिंह बिष्टका दाजु खडक बिष्टले सोमवार अदालतको अबहेलना अभियोगमा सजाय गर्न माग गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन् ।

अदालतमा विचारधीन मुद्दामा लामिछाने र जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोडन खोजेर अदालतको अपहेलना गरेकाले हदै सम्मको कारवाहीको मागसहित पुनरावेदन गरिएको छ ।

भदौ १६ गते जिल्ला अदालत कञ्चनपुरमा बिष्टले दिएको अदालतको अपहेलनासम्बन्धी निवेदन माथि सुनवाई गर्दै अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले खारेज गर्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?