सेयरधनीलाई बोनस वितरण गर्दै सिद्धार्थ बैंक

काठमाडौं, २२ पुस । सिद्धार्थ बैंकले सेयरधनीलाई बोनस वितरण गर्ने भएको छ । प्रस्तावित बोनस बैंकको आगामी १६ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्ने भएको छ बोनसपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ । बैंकले ६ अर्ब ८२ करोड रूपैयाँको १० प्रतिशत हकप्रद विक्री गरेपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८ अर्ब पुग्नेछ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २१ करोड ६४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा कायम गरेको छ सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको विहीबार सम्पन्न २८५ औं बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो बैठकले हाल कायम बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशतले हुन आउने ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरण गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?