राजेश पायलको घरमा आगलागी, भन्छन् : अवार्ड जले होलान् तर तपाईहरुको आशिर्वाद र माया नजलोस्

काठमाडौं । चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । काठमाण्डौंको बानेश्वरस्थित उहाँको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । आगलागीबाट गायक राईले प्राप्त गरेका अवार्ड तथा प्रमाणपत्रहरू नष्ट भएका छन् ।

आगलागीपछि गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले फेसबुकमा लुेख्नु भएको छ, ‘म पीडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन..मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस्।। म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छेु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?