खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

काठमाडौं । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो ।

त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको छ । माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?