राहुल चौधरी प्रभावशाली होटल व्यवसायीको सूचीमा

काठमाडौं । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ ।

‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ को सूचीमा पनि थिए । यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन र नेतृत्व गर्ने सफल व्यवसायीहरू छन् । राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटेल्स एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् ।
‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले भारतका विभिन्न स्थानमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक’ जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी÷लगानी छ । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ । यी होटल-रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन् । “हामीसँग पहिले १० वटा होटल थिए, सन् २०२० सम्ममा यो संख्या २०० पुग्छ,” राहुल भन्छन्, “थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं ।
त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा धेरै कोठा हुनेछन् ।”
विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य लिएर हुँदै हिड्नुभएका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?