त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द भएको छ । निरन्तर वर्षाका कारण मौसम प्रतिकुल बनेपछि विमानस्थलमा विमान अवतरण बन्द भएको हो ।
भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थलबाट हुने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

काठमाडौंमा निरन्तरको वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?