ट्रम्पको मानसिक स्वास्थ्यबारे उनका विदेशमन्त्रीले दिए यस्तो अभिव्यक्ति

वासिंगटन, २२ पुस । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले आफूले राष्ट्रपति डोनल्ड ट्रम्पको मानसिक स्वास्थ्यबारे कहिल्यै प्रश्न नउठाएको स्पष्ट पारेका छन् एउटा विवादास्पद पुस्तक ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ का लेखक माइकल वुल्फले ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘केटाकेटी जस्तो’ हेर्ने गरेको बताएपछि टिलर्सनको यो भनाई बाहिर आएको हो प्रकाशन रोक्ने ट्रम्पको प्रयत्नका बावजुद सो पुस्तक शुक्रबार नै बजारमा आएको छ । ट्रम्पले सो पुस्तक ‘दिक्कलाग्दो र झुटो’ भएको बताउँदै वुल्फलाई ‘पूर्णरूपमा हरूवा’ भनेका छन् आफूलाई चोट पुर्‍याउन सञ्चारमाध्यम र विरोधीहरुले पुस्तकलाई अघि बढाएको ट्रम्पको आरोप छ । ट्रम्पले थपेका छन्, ‘उनीहरूले चुनाव जित्ने प्रयास गर्नुपर्छ । दुःखद कुरा !’ट्रम्पलाई पटक–पटक ‘मूर्ख’ भन्दै आएका विदेशमन्त्री टिलर्सनले यो वर्षको शुरूतिर भनेका थिए, ‘उनको मानसिक स्वास्थ्यबारे मैले प्रश्न गर्नुपर्ने कुनै कारण छैन ।’ उनले ट्रम्प ‘विगतका राष्ट्रपतिहरू जस्ता नभएको’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?